Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

पर्सामा थप ४५ जनामा कोरोना, मेयरको परिवारमा पनि संक्रमण

User Photo आइतवार, साउन १८, २०७७
काठमाण्डाै ।

पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तैगरी अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । संक्रमितहरु पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म छन् ।

यसअघि वीरगञ्ज–६ माईस्थान मीनाबजार क्षेत्रमा गरिएको मास टेष्टिङमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तरकारी, फलफूल र माछामासु पाउने क्षेत्र भएकाले मीनाबजार क्षेत्रमा भिडभाड हुने गर्छ ।

मास टेष्टिङमा बढी जनसम्पर्कमा रहने मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

‘पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिका जस्ता बढी जनसम्पर्कमा आएकाहरुमा कोरोना देखिएको छ,’ ठाकुरले भने, ‘यसअघि माईस्थान मीना बजारमा संक्रमण देखिएका अधिकांश पसल व्यवसाय गर्ने नै थिए ।’ माईस्थान मीना बजारमा २ सय ९ जनाको स्वाब नमूना लिँदा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज–११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रीपुरका ६२, १८, ५०, ४५, ३४ र १७ वर्षका पुरुष तथा ५०, ६०, २९ र ४३ वर्षका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मगनुस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । औषधि फर्मामा काम गर्ने वीरगञ्ज–८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज–८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पेड पीसीआर गराएका वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका ५६ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.