Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव : फेरि होला त लकडाउन ?

User Photo मङ्लबार, साउन २०, २०७७
काठमाण्डाै ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ। पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरुसँग परामर्श थालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएकाले करिब दुई साता लकडाउन गर्नुपर्ने सुझाव दिएका हुन्।

अहिलेको जसरी कोरोना संक्रमण दर बढ्दै गएमा स्थिति भयावह हुने विज्ञहरुले बैठकमा बताएका थिए। विज्ञहरुले यस्तो सुझाव दिएपछि प्रधानमन्त्री ओलीले आफु सकरात्मक रहेको भन्दै छिट्टै टुंगोमा पुग्ने बताएका थिए।

त्यस्तै कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को पछिल्लो बैठकमा फेरि लकडाउन गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो। छलफलमा सहभागी सुरक्षा निकायका अधिकारीहरुले करिब दुई साता लकडाउन गरेर कोरोना रोकथामको नयाँ रणनीतिका साथ अगाडी बढ्नुपर्ने सुझाव दिएका थिए।

साउन ७ गतेदेखि राजधानी प्रवेश तथा अन्य जिल्लाहरुमा अन्तरागमनलाई खुकुलो गरेपछि कोरोना संक्रमण दर बढेको छ। काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक साधनको निर्वाध सञ्चालनदेखि होटल रेष्टुरेन्ट्र खुला गरेपछि संक्रमण बढेको विज्ञहरुले बताएका छन्।

सरकारले चैत ११ गतेदेखि पटक पटक समय थप गरी करिब चार महिना लकडाउन गरेको थियो। सरकारले साउन ७ गतेदेखि लकडाउन औपचारिक रुपमा अन्त्य गरेको थियो।

त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि केही समय लकडाउन गर्न उपयुक्त हुने सिसिएमसीलाई प्रस्ताव पेश गरिसकेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.