सरकारले लकडाउन अन्त्य भएको दुइ साता नबित्दै स्थानीय क्षेत्रमा मानिसको चहलपहल बढेको छ।बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्थानहरुमा लकडाउन खुले सगै मानिसहरूको आवातजावत बढेको हो।
लकडाउन अन्त्य भएसगै बढेको गर्मीमा बुद्धशान्ति ४,५,६ र ७ का विभिन्न स्थानहरूमा पौडी खेल्न जानेहरुको भिड पनि बढेको छ।
तर जिल्लाका विभिन्न पालिकाहरुमा समुदायमा कोरोना फैलिएको आशन्कामा लकडाउनको अवधी थपिएपछी जोखिम बढेको भन्दै बुद्धशान्ति गाउँपालिका क्षेत्रमा आवातजावत र हिड्डुलमा कडाई गरेको छ।
मंगलबार अपरान्ह अपिल जारी गर्दै गाउँपालिकाले जिमघर,ट्युसन सेन्टर संचालन नगर्न,कार्यक्रम नगर्न र खोलानालामा भिड नगर्न समेत सचेत गराएको छ।
