Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

लम्कीचुहाका १७ जना सहित कैलालीमा थपिए २१ जना काेराेना संक्रमित

User Photo बुधबार, साउन २१, २०७७
कैलाली ।

बुधवार कैलालीका २१ जनामा काेराेना पुष्टी भएकाे छ । सेती प्रादेशिक अस्पतालमा भएकाे परिक्षणमा लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जना (वडा नं. ५ का ७ जना, वडा नं. ६ का ३ जना, वडा नं. ७ का २ जना, वडा नं. २ का ३ जना, वडा नं. १० का १ जना र वडा नं. ३ का १ जना), भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष २ जना, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हाे ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २१, अछामका ७, बझाङका ३ र कञ्चनपुरका एक जना गरी सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ।

उता अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० बर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ७० पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीका सात सय ८२, अछाममा सात सय २८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरका पाँच सय ६९, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ८२ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका झण्डै तीन हजार तीन सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

लम्किचुहाकाे थप जानकारी लागी र अव के हुदैछ भिडियाे हेर्नुहाेस


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.