Naya Media
बिहिबार, भदौ ११, २०८३
| | August 26, 2026
बिहिबार, भदौ ११, २०८३

नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण

User Photo बुधबार, साउन २१, २०७७
काठमाण्डाै ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएकोछ । उनले बुधबार विज्ञप्ति जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् ।

हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । ‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो’ उनले विज्ञप्तिमा भनेका छन्।

यसबीचमा आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका छन् । ‘कोरोनालाई सामान्य रोगको रुपमा ग्रहण गर्नुको विकल्प अब हामीसँग रहेन तर हामी सबैले सचेत भएर कोरोना फैलन नदिन आवश्यक मापदण्ड पालना गर्नैपर्छ’ उनले भनेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.