Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

User Photo मङ्लबार, साउन २७, २०७७
काठमाण्डाै ।

धनुषाको जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनी गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए । संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पतालका डा.जामुन सिंहले जानकारी दिए ।

संक्रमितको मृत्युपछि शव व्यवस्थापनको तयारी थालिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए । संक्रमितको ट्राभल हिस्ट्री अनुसार सबै सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र सम्पर्कमा आइसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.