Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु

User Photo बुधबार, साउन २८, २०७७
काठमाण्डाै ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको छ। कपिलवस्तुका दुई पुरुषको भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। ४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

कपिलवस्तु कृष्णनगरका ४२ वर्षीय पुरुष साउन २५ गते मात्रै अस्पतालमा भर्ना भएका थिए। गम्भीर प्रकृतिको लक्षण देखिएका उनलाई धागो कारखानास्थित अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। मृतक पुरुषको दाँया फोक्सोमा खराबी, निमोनिया, पिसापमा खराबी देखिएको उनले बताए।

अर्का मृतक २५ वर्षीया पुरुष मंगलबार राति मात्रै अस्पतालमा आएका थिए। कोरोना परीक्षणको स्वाब संकलन गरेर सिधै भेन्टिलेटरमा भर्ना गरिए पनि उनको मृत्यु भएको हो। उनी कपिलवस्तु तौलिहवाका हुन्। उनको कोरोना परीक्षण रिपोर्ट प्रतिक्षाकै क्रममा रहेको छ। उनमा किड्नीको समस्या देखिएको, उच्च रक्तचाप रहेको भेटिएको छ। कपिलवस्तु मै उपचार गरिरहेका उनी त्यहाँ उपचार हुन नसकेपछि बुटवल रिफर भएका थिए।

प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। बुटवलमा उपचारकै क्रममा दोस्रो व्यक्तिको मृत्यु भएको हो। यसअघि गुल्मीका एक पुरुषको बुटवलमै उपचारका क्रममा मृत्यु भएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.