Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

बुटवलमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

User Photo शनिबार, साउन ३१, २०७७
काठमाण्डाै ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए ।

उनको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको डा. गौतमले जानकारी दिए ।

यसअघि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.