Naya Media
बिहिबार, भदौ ४, २०८३
| | August 19, 2026
बिहिबार, भदौ ४, २०८३

राैतहटमा हनुमान मन्दिरका पुजारी श्रीरामको गोली हानी हत्या

User Photo बिहिबार, भदौ ४, २०७७
काठमाण्डाै ।

रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।

बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.