Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

थप ८३८ जनामा कोरोना संक्रमण, २५० जना डिस्चार्ज

User Photo शुक्रबार, भदौ ५, २०७७
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण भएको छ । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएका मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् ।

नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६/६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना रहेका छन् ।

उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना संक्रमित थपिएका छन् ।

ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.