पछिल्लाे २४ घण्टामा देशभर ८ सय ५५ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा बताएअनुसार आज काठमाडाैंमा १ सय ९९ भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा थप २ सय ३२ जना संक्रमित थपिएका छन्।
मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।
त्यस्तै आज काेराेनाबाट थप ७ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
