Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

‘कोरोना’ सँग-सँगै बाँच्न सिकौँ

बुधबार, भदौ १०, २०७७
लम्कि, कैलाली ।

नेपालमा कोरोना सङ्क्रमणको पहिलो केस (Index Case) देखिएको आज भदौ १० गते ७ महिना पुगेको र लकडाउन शुरूवात भएको झण्डै ५ महिना (केही दिन छोडेर) पुग्न लाग्यो।

यस क्रममा दैनिक जीवन अस्त-व्यस्त छ।आज सम्म आईपुग्दा सङ्क्रमित सङ्ख्या ३३,५३० नाघेको र मृतक सङ्ख्या १६४ पुगेको देखिन्छ । यद्यपि ६० प्रतिशत निको भएर घर फर्केको तथ्याङ्क पनि छ।

कोरोना (COVID 19) र नेपालसँग सम्बन्धित केहि अवस्थाहरू:

  • एकपटक सङ्क्रमित दर घटे पनि फेरि बढ्दै गएकाे छ।
  • जाडोमा बढी प्रभाव पार्छ भनी आँकलन गरिए पनि गर्मीमा झन् बढ्दैछ र फेरि जाडो आउँदैछ।
  • विश्वमै तेस्रो ठूलो सङ्क्रमण भएको मुलुक भारतले नेपाललाई तीन तिरबाट घेरेको, त्यहाँ जान आउन न त पासपोर्ट / भिजा चाहिने न त लुकि-लुकि आउनेलाई रोक्न सकिने अवस्था हुनु।
  • उत्पादन/व्यवसाय …नियमित गतिमा नहुँदा आर्थिक/मनोसामाजिक रूपमा समस्याहरू देखिनु ।
  • स्वास्थ्य,सुरक्षा जस्ता क्षेत्रमा खटिनेहरूलाई नै सङ्क्रमण देखिनु ।
  • कोरोना विरूद्धको खोपको अझै अनिश्चितता हुनु ।
  • नेपालको हालको अवस्थाको विश्लेषण गर्दा स्वास्थ्य सेवा प्रदायक संस्था, भेण्टिलेटर, स्वास्थ्यकर्मी,अस्पताल शैय्या आदिको सङ्ख्याले धान्न नसक्ने अवस्था देखिनु ।
  • कोभिड १९ का कारणले अन्य रोग/दुर्घटनाको कारणले हुने मृत्युदर बढ्ने सम्भावना ।
  • एक घरमा धेरै जना र एक कोठामा एक भन्दा बढी मानिस बस्नुपर्ने अवस्थाले होम क्वारिन्टिन/होम आइसोलेसन गर्न नसकिनु ।
  • डेरामा एक्लै बस्नेलाई सङ्क्रमण भए बजारबाट किनमेल लगायतका समस्या देखिनु
  • कैयौं संस्थामा शुरूवाती चरणमा राख्ने गरिएका स्यानीटाईजर,साबुन-पानी हाल राख्न छोडिएको पाईनु
  • एक घर-एक परीक्षण अझै हुन नसक्नु
  • कोरोनाबाट निको भईसकेकालाई पनि समाजले अझै दुत्कारीरहने सँस्कारलाई हटाउन चेतना बढाउन नसक्नु आदि।

अब ‘कोरोना’ सँग-सँगै बाँच्न सिकौँ:

हाम्रा वरपर कैयौं रोगहरू छन्,जुन उन्मूलन भएर पनि फेरि देखिने सम्भावना रहन्छन्,उही रूपमा वा विकसित रूपमा। कोभिड १९ लाई पनि हामीले यहि रूपमा हेर्नुपर्छ। खोपको विकास भए पनि हाम्रा आनीबानीलाई हामीले राम्रो बनाउँदा कोभिड १९ मात्रै होईन, अन्य कैयौं सङ्क्रमण हुने रोगहरूबाट बच्न सकिन्छ। कोभिड १९ को वर्तमान सन्दर्भमा त झन् “बच्नु नै उपचार” भएको छ।

तसर्थ :

  • अरू कपडा र वस्तुहरू किने जस्तै अबदेखि मास्क र सेनिटाईजर किन्ने लिस्टमा राखौँ र उचित तरीकाले प्रयोग गरौं।
  • भरसक भीड-भाडमा नजाअौं,पालो पर्खेर काम गरौँ,जानै परे मास्क उचित तरीकाले लगाएर जाअौं, धेरै बेरसम्म भीडमा नबसौँ । डा. अनुप सुवेदीका अनुसार उचित तरीकाबाट मास्क प्रयोग गरेमा कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लैजान सकिन्छ ।
  • साबुन-पानीको प्रयोग गरौँ (बजारबाट आएपछि,खाना खानु अघि,सुत्नु अघि हात-गोडा धुन, चर्पीबाट आएपछि,नोट (पैसा) छोएपछि,किनेका वस्तु चलाएपछि, ओच्छ्यानका तन्दा (बेडसिट) सिरानीका खोल धुन, लगाएका कपडा धुन,नुहाउन आदि।)
  • सेनिटाइजरको प्रयोग गरौ । साबुन-पानी प्रयोग नहुने वस्तु जस्तै: सेलफोन सेट,क्याल्कुलेटर। घरि घरि छोईरहनु पर्ने ठाउँ जस्तै: ढोकाको हत्ता। साबुन पानी नभएको अवस्थामा। नोट/पैसा । अौषधिका पत्ता/स्ट्रीप्स ,चश्माको डण्डी (धुन नपाईएको अवस्थामा, कलम/ बल पेन: अर्काको प्रयोग गर्नु पर्ने अवस्थामा, साईकल वा मोटरसाईकलको ह्याण्डल, गाडीको स्टेयरिङ आदि )
  • अर्काको सामान प्रयोग नगरौँ, गर्नै परे सेनेटाईजरको प्रयोग गरौँ।
  • बाहिर( काम गरेर/ बैठकबाट/भेटघाट) गएर आउँदा लगाएका लुगा धुने गरौँ।
  • लुगा वा तन्दा टक्टक्याउँदा मास्कको प्रयोग गरौँ।
  • सामान्य अवस्थामा अस्पताल वा स्वास्थ्य संस्था नजाअौं र जानै परे र सम्भव भए छिट्टै फर्किने गरेर र मास्कको अनिवार्य प्रयोग गरेर।
  • पसलबाट सामान किन्न जाँदा मास्क प्रयोग गर्ने,पालो पर्खने, किनेर फर्कँदा सेनिटाईजरको प्रयोग गर्ने।
  • गाडीमा चढ्नु परेमा दूरी कायम गर्ने, टिस्यु पेपरले सिट पुछ्ने र बस्ने,मास्कको अनिवार्य प्रयोग गर्ने।
  • हिँड्दा कम्तिमा पनि २ मिटरको दूरी कायम गर्ने
  • तातो पेय पदार्थ (उमेर र अवस्था हेरेर) खाने तर त्यसैले कोरोनाबाट मुक्त होईन्छ भन्ने भ्रमबाट मुक्त हुने।
  • पत्रू खाना ( Junk Food) खान छोड्नु पर्छ।रोग प्रतिरोधात्मक तत्व भएको खाना, ताजा खाना, सन्तुलित भोजन गर्दा कैयौं रोगबाट बच्न सकिएला तर कोभिड १९ नै लाग्दैन भन्ने होइन।तसर्थ माथि दिईएका साबधानी अपनाउनै पर्छ।
  • हिँडाई,व्यायाम,योगा उमेर र अवस्था अनुसार गर्दा राम्रो तर त्यसो गर्दा कोभिड १९ बा बचिन्छ
    भन्ने भ्रमबाट मुक्त हुने।
  • आफ्नो आँखा, नाक र मुखलाई नछुनु होस्, यदि छुनै परे साबुन पानीले हात २० सेकेण्ड मिची मिची धोएर मात्र।
  • हाच्छ्यूँ गर्दा/खोक्दा कुहिना वा टिस्यु पेपरले मुख र नाक छोप्नु होस्।
  • आफूलाई व्यस्त राख्नुहोस्,मनमा नानाथरी कुरा खेल्नबाट आफूलाई रोक्न मनोरञ्जन गर्नुहोस् ,किताब अध्ययन गर्नुहोस् ,काम गर्नुहोस्।
  • सरकार, विज्ञ, सूचनादाताबाट आफूलाई सु-सूचित गर्नुहोस्।

याे सामाग्री विभिन्न विज्ञकाे भनाइ, जानकारी तथा विभिन्न मिडियामा प्रकाशित सामाग्रीहरू अध्ययन पश्चात जानकारीका लागी कोमल प्रसाद अधिकारीले तयार पार्नुभएकाे हाे।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.