Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | May 31, 2026
सोमवार, जेष्ठ १८, २०८३

पुर्वाधार विकास र मानवीय क्षति

शुक्रबार, भदौ १९, २०७७
कैलाली ।

कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई विकास भनिन्छ । सार्वभौमत: यो अधिल्लो भन्दा गुणात्मक रूपमा नै फरक हुन्छ अर्थात वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रिया नै विकास हो। यो एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रुपान्तरण हुने प्रक्रिया हो ।

यसमा भौतिक पुर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, भाषिक विकास, बौद्धिक विकास, मनोबैज्ञानिक विकास जस्ता विविध पक्षहरु अन्तर निहित हुन्छन। यसैगरी पुर्वाधार भन्नाले सडक, सुरुङ्गमार्ग, पुल, अस्पताल, नहर, विमानस्थल, सार्बजनिक सभागृह, विधुत प्रसारण लाइन, केबलकार लाइन, रेल्वे लाइन, पार्क, जलाशय बाध, ढल निकास इत्यादि हुन।

समग्रमा सम्पुर्ण भौतिक संरचनाहरु पुर्वाधार हुन । कुनै पनि मुलुकका लागी पुर्वाधार विकास महत्वपूर्ण विषय हो । विकसित देशहरू पनि पुर्वाधार विकासलाई जोड दिएर नै अहिलेको अवस्थामा पुगेका हुन् । कुनै पनि मुलुकको सामाजिक आर्थिक विकासका लागी पुर्वाधार विकास अत्यन्त जरुरी हुन्छ । नेपालमा पनि पुर्वाधार विकास बिना सामाजिक रुपान्तरण सम्भव छैन भन्ने सोच नागरिक र राजनितिक दलहरूमा पाइएको छ । यो अत्यन्त सकारात्मक कुरा हो ।

त्यसैले होला, अहिले सरकारले पुर्वाधार विकासमा उल्लेख्य बजेट छुट्टयाएको छ । राजनीतिक तथा नीति निर्माणका तहमा पनि यसले प्राथमिकता पाएको छ । पुर्वाधार विकासलाई संघीय सरकार देखि स्थानीय स्तरका सरकारले पनि अत्यन्त महत्त्वपूर्ण विषयका रूपमा लगेर विभिन्न पुर्वाधार विकासका योजना परियोजना अधि बढाउदै लगेका छन् । विकास बजेटको अधिकांश बजेट पुर्वाधार विकासमा नै लगाउने प्रयास गरिएको छ ।भलै त्यसको कार्यन्वयनको पाटो जे जस्तो भएता पनि । यसरी दिन प्रति दिन पुर्वाधार विकासलाई जोड दिदै आइरहेको छ ।पुर्वाधार विकासले मात्र समग्र विकासको प्रतिनिधित्व गर्दैन ।

यहि बर्ष पनि नेपालका विभिन्न जिल्लाहरु जस्तो सिन्धुपाल्चोकको लिदि, अछामको रामारोशन गाउपालिका साथै अन्य जिल्लामा पनि मानवीय क्षति भएको छन् । मानवीय क्षति हुनु भनेको आफैमा भयावह स्थिति हो । भौतिक पुर्वाधार विकास गर्दा विभिन्न किसिमका कमि कमजोरीहरु रहेका छन्

यद्यपि यसैलाई मात्र विकासको समग्र रूपमा मानसपटलमा राखिदै आइएको छ । यहाँ विकासको एक महत्त्वपूर्ण आधार भौतिक पुर्वाधार मध्येको सडक यातायात, पुल पुलेसा निर्माण, अस्पताल, पार्क विभिन्न अन्य संरचनाहरु निर्माण भएता पनि यसको निर्माण गर्ने प्रक्रियाका कारण बर्सेनि ठुलो मानवीय क्षति, भौतिक क्षति र बस्तीका बस्ती उठिबास भएका उदाहरणहरु प्रशस्त रहेका छन् ।

यहि बर्ष पनि नेपालका विभिन्न जिल्लाहरु जस्तो सिन्धुपाल्चोकको लिदि, अछामको रामारोशन गाउपालिका साथै अन्य जिल्लामा पनि मानवीय क्षति भएको छन् । मानवीय क्षति हुनु भनेको आफैमा भयावह स्थिति हो । भौतिक पुर्वाधार विकास गर्दा विभिन्न किसिमका कमि कमजोरीहरु रहेका छन् । जस्तो पुर्वाधारको विकास गर्दा भौगोलिक बनावटको अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा काम अघि बढाउनु, निर्माण कार्यमा ठेक्कापट्टामा कमिसन लिने, भौतिक संरचना निर्माण गर्दा कमसल सामाग्री प्रयोग गर्ने ।

यसैगरी स्थानिय स्तर देखि केन्द्रिय स्तरसम्म फैलिएर रहेको भ्रष्टाचारको जालोका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैमा भ्रष्ट हुनु र भ्रष्टाचारीलाई कारवाही गर्न नसक्नुले भ्रष्टाचारीहरु मन लाग्दी हिसाबले काम गरिएका छन । यसरी योजना तर्जुमा गर्दा खेरि नै प्रभावकारी रूपमा अध्ययन अनुसन्धान नगर्ने र संरचना निर्माण अन्धाधुन रूपमा अघि बढाउने त्यसको उचित तरिकाले नियगमन, निरीक्षण नगरी बजेट सक्ने तर्फतिर ध्यान दिनाले ठूलो रूपमा जनधनको क्षति भइरहेको देखिन्छ ।

हामिले विकास विकास भनी ठुला ठुला संरचना निर्माण, पुलपुलेसा निर्माण, देशको पहाडी क्षेत्रमा ठुला ठुला पहाडि चट्टान फुटाएर सडक बिस्तार गर्ने काम बढाइयो । तर ती संरचना निर्माण गर्न भौगोलिक बनावटले साथ दिन्छ दिदैन, भोलिका दिनमा के कस्तो दीर्घकालीन असर पर्छ भन्ने कुराको हेक्का पनि नगरी खाली बजेट सक्ने तिर लाग्यौं ।

यसैगरी विकास निर्माणका कार्य बढाउदै लियो भने भोलिको दिनमा अझै ठुलो भौतिक तथा मानवीय क्षति व्यहोर्नु पर्ने स्थिति नआउला भन्न सकिदैन । त्यसैले विकास निर्माणको काम गर्दा खेरी त्यहाँको भौगोलिक स्थिति, बस्तीको अवस्था, नदिनालाको मुल प्रवाह र त्यसले धार बदल्न सक्ने स्थितिको आकलन गर्न जरुरी छ ।

  • कृतिका तिमिल्सेना


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.