Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कोरोनाले जनकपुरमा ग्यास व्यवसायीको मृत्यु

User Photo सोमवार, भदौ २२, २०७७
काठमाण्डाै ।

सिरहाका कोरोना संक्रमितको धनुषामा मृत्यु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना भएका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका- ५ का ६२ वर्षीय पुरुष रहेका छन् ।

मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उक्त पुरुषलाई चार/पाँच दिनदेखि ज्वरोसहित टाउको दुखाईको समस्याबाट पीडित थिए । पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार सिरहा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए ।

कर्जन्हामा पीसीआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजिटिभ आएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयामा ग्यास लगायत अन्य जेनरल स्टोर्सका सरसामानहरु राखेर व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका थिए । संक्रमित उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.