स–शक्तिकरणका क्षेत्रमा युवाहरु (एस) नेपालले सरकोकारवाला हरूसँगको छलफल तथा बैठक लम्कीमा सम्पन्न गरेको छ । वित्तिय पहुच भन्दा बाहिर रहेको बिपन्न समुदायलाई वित्तिय पहुच सम्म जोडने उद्धेश्यले विगत २ वर्षदेखी समुदायसँग जोडिएको संस्थाले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बलचौर स्थित बादी समुदाय र कैलालीको धनगडिमा रहेको धुर्जन्ना मुक्त कमैया सिबिरको जिवनस्तर उकास्नका लागि विभिन्न सिपमुलक तालिम तथा अनुदान दिदै आएको छ ।
संस्थाले विगत लामो समयदेखी सामाजिक तथा आर्थिक अधिकार उत्थानका लागि काम गर्दै आएको एस नेपाल परियोजनाका कार्यकारी प्रमुख जय बहादुर महराले जानकारी दिनुभयो । युरेपेली युनियनको आर्थिक सहयोग र इको कोअपरेसनको सहकार्यमा सिमान्तकृत समुदायका लागि सिलाई–कटाई, मोबाइल मर्मत, बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती लगाएतका तालिम संचालित गर्दै आइरहेको पनि कार्यकारी प्रमुख महराले बताउनु भयो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेको अध्यक्षतामा बसेको बैठकमा साना किसान सहकारी भल्काकी अध्यक्ष बिमला सिङ, प्रवन्धक माया शाह, जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, पत्रकार लगाएतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले एस नेपालले गरेको कामको प्रसंशा गर्दै अहिलेसम्म गरेको कामको समिक्षा र भावी योजनाका बारेमा सुझाव मागेकोमा धन्यवाद दिनुभएको थियो भने अझैँ समुदायका लागि विशेष किसिमका सिप मुलक तालिको खाँचो रहेको बताउनु भयो । अध्यक्ष चलाउनेले बादी समुदायमा विभिन्न संघसंस्थाले दिएको अनुदान रकम, ऋण तथा तालिमको सही सदुपयोग नभएको प्रति दुःख व्यक्त गर्दै आगामि दिनमा इच्छाशक्ति देखाएर काम गर्न आग्रह गर्नुभयो ।
सिमान्तकृत बादी समुदायको सहकारीसम्म पहुँच र वित्तिय साक्षरताका लागि भन्दै संस्थाले साना किसान सहकारीलाइ ८५ हजारको चेक हस्तान्तरण गरेको छ ।
उक्त रकम लिएर बादी समुदायलाई सेयर सदस्य लिन उत्पे्ररित गराउन, व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन र कम व्याजदरमा ऋण उपलब्ध गराइदिन एस नेपाल कार्यकारी प्रमुख महराले संस्थालाई आग्रह समेत गर्नु भएको थियो ।
सकेसम्म आफुहरूले बादी समुदायका लागि सहज वतावरणमा ऋण उपलब्ध गराउने र वित्तिय साक्षरताका अभियान शसक्त रूपमा चलाउने प्रवन्धक शाहले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका कार्यक्रम संयोजक नित्यानन्द जोशीले बैठकको सहजिकरण तथा कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । जैशीले सन् २०१८ बाट सुरु भएको परियोजनाको अवधी ९ महिना बाँकी रहेको र आगामि कार्यक्रमको योजना माथि छलफल गर्न बैठक बोलाइएको बताउनु भयो ।
