२४ घण्टामा गरिएको परीक्षणमा १,११७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५५,००० नाघेको छ।
अहिलेसम्म ३६० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ८७९ जना कोभिड-१९ मुक्त भएको प्रमाणित भएका छन्।
