Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

User Photo शुक्रबार, अशोज २, २०७७
काठमाण्डाै ।

जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन ।

यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भएका हुन् ।

कोही आफ्नो बालबालिकालाई समेत लिएर रेल हेर्न आइपुगका छन् । कोही आफ्ना वृद्ध आमाबुवालाई साथमा लिएर रेल देखाउन आएका छन् ।

शुक्रबार दिउँसोसम्म आइपुग्ने रेल हेर्नेहरुको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड-१९)लाई भने बिर्साइदिएको छ ।

‘पहिला भारततिर रेल हेरेका थियौं, एकताका यहीका रेल पनि चढेका थियौं,’ झण्डै ५५ वर्षका संजयले सम्भिmँदै भने, ‘अब आउन लागेको रेल कस्तो छ भन्ने हेर्ने ठूलो धोको छ ।’

पहिला ३५ रुपैयाँ तिरेर जनकपुरबाट जयनगरसम्म गएको स्मरण गर्दै उनले रेल सेवा बन्द भएपछि त्यहाँसम्म पुग्न ३ सय रुपैयाँसम्म खर्च गर्नुपरिरहेको बताए । यद्यपि अब त्यो झन्झट व्यहोर्न नपर्ने उनको विश्वास छ ।

जनकपुरकै युवा विजयकुमार मेस्तर पनि रेलको प्रतिक्षामा छन् । ‘धेरै उत्सुक छु रेल हेर्नका लागि,’ मेस्तरले भने, ‘आज रेल आउन लाग्दा असाध्यै खुशी छु ।’
स्टेशनमा भिड बढ्दै गएपछि नेपाल तथा सशस्त्र प्रहरीको टोली पनि तैनाथ गरिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आउन लागेका छन् ।

बिहारको हाजिपुर स्टेशनमा पछिल्लो एक महिना यता पार्किङमा राखिएको दुईवटा रेलको सेट जनकपुरधाम आउन लागेका हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.