कैलाली जिल्लाको भजनी नगरपालिकामा रेडक्रस, कैलाली शाखाले ५ वटा उच्च नल्का निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित “कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम” अन्तर्गत युनिसेफ नेपालको आर्थिक सहयोगमा भजनी नगरपालिका विभिन्न वडाका बाढी प्रभावित क्षेत्रमा ५ वटा उच्च नल्का निर्माण गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा बाढी आएको बेला खानेपानीको सहजताका लागि सहयोग पुर्याउने उदेश्यले उच्च नल्का निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित “कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम” कैलाली जिल्ला परियोजना सम्पर्क व्यक्ति बिकास नेपालीले जानकारी दिनुभएको छ ।
कार्यक्रमले भजनी नगरपालिकाको वडा नम्बर ८ को खैरा र जाका टोल, वडा नम्बर ३ को दैलेखीटोल र सिमल चोक र वडा नम्बर ५ को पगियाप्रसाद टोल मा ३ लाख ७५ हजार बराबरको लागतमा ५ वटा उच्च नल्का निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले बताउनुभयो ।
त्यसैगरी युनिसेफको सहयोगमा रेडक्रसले भजनी नगरपालिकाकै ५ वटा खानेपानी उच्च नल्का मर्मत मर्मत गर्नुका साथै बाढीबाट डुबानमा परेका ४ सय ४९ खानेपानी नल्काहरु सहयोगी कार्यदलले क्लोरिन पाउडर र झोलबाट शुद्धीकरण समेत गरिएको छ ।
