Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

User Photo बिहिबार, अशोज ८, २०७७
काठमाण्डाै ।

झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो ।

परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.