काठमाण्डाै ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यो कुरा बताएका हुन्। आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २१३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ पिसिआर परीक्षण भएको छ।
