Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

उपत्यकामा ६४७ जनामा कोरोनाजना संक्रमण,१४ सय जना डिस्चार्ज,६ जनाको मृत्यु

User Photo शुक्रबार, अशोज ९, २०७७
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट २ जनाको मृत्यु र ६४७ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ७५ वर्षीया महिला र ललितपुरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार मात्रै उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो।

यस्तै काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१८ हजार २८९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ५२ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ४६४ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १२ हजार २६२ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

मन्त्रालयका अनुसार आइसीयूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४५९ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै ६
जनाको मृत्यु भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.