Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

एकै दिन थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि, ३३०७ जना डिस्चार्ज, ११ जनाको मृत्यु

User Photo शुक्रबार, अशोज १६, २०७७
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५२० पुगेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.