काठमाण्डाै ।
पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।
गत २४ घण्टामा १५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
