Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

बीपी प्रतिष्ठानमा ३ जना संक्रमितको मृत्यु

User Photo आइतवार, अशोज २५, २०७७
काठमाण्डाै ।

। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ ।

दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

धरानका ६२ वर्षीय पुरुषमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अस्पताल भर्ना गरेर उनको उपचार थालिएको थियो । उपचारको क्रममा गएराति ८ बजे उनको मृत्यु भएको सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

यसैगरी सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान ३ः५० मा मृत्यु भएको हो । उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए । असोज १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी धनकुटाका ६१ वर्षीया महिलाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । डायबिटिज र उच्च रक्तचापको समस्याबाट पीडित उनी धनकुटा अस्पतालबाट रिफर भएर आएकी थिइन् । उनी असोज १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उपचारको क्रममा असोज २० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती महिलाको आज बिहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.