Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

User Photo बुधबार, अशोज २८, २०७७
काठमाण्डाै ।

तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बीएण्डबी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.