Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

झापामा दारा काटिएको अवस्थामा फेला पर्यो मृत हात्ती

User Photo शुक्रबार, कार्तिक १४, २०७७
झापा ।

झापाकाे बुद्धशान्ती गाउँपालिका वडा नम्बर ५ को पाँचपोखरी सामुदायिक वनमा दारा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेलापरेकाे छ । ढाडमा गोलिको खत देखिए पनि मृत्युकाे कारण एकीन भइसकेकाे छैन । हात्ती मर्नुकाे कारण अन्य चोट हो वा सिकारीकाे सिकार भएको बारे अनुसन्धान भइरहेकाे रेन्जर कुल प्रसाद भट्टराईले जानकारी दिनुभएकाे छ ।

जंगलमा बाख्रा चराउने क्रममा स्थानिय बाशु पौडेलले देखे पछी खबर गरेका थिए । लगत्तै जिल्ला बन कार्यालयका रेन्जर कुल प्रसाद भट्टराईको टाेली घटनास्थल पुगेकाे थियाे ।

हात्तीकाे शरिरभरी प्रशस्तै घाउ चोट छन । हात्ती आखा नदेख्ने भएकाले आम मानिसले प्रहार गरेका ढुङ्गामुढा लागेका हुनसक्ने अनुमान गरिएकाे छ ।

करिब एक महिना अघि हात्ती गन्हाएको अवस्थामा जंगलमा भेटेपछी असोज २२ गते चितवनबाट आएको टोलिले उपचार गरेको थियाे ।उपचार पछी सामान्य अवस्थामा फर्किने आशा गर्दै १०-११ दिन हात्तीकाे निगरानी गरिए पनि हात्ती मृत भेटिएकाे हाे ।

याे संगै झापामा पछिल्लो २ बर्षमा ३ वटा मरेको डिभिजनल वन कार्यलयका प्रमुख बिष्णुलाल घिमिरेले जानकारी दिनुभयाे । उनका अनुसार जिल्लाबाट पशु चिकित्सक खटाईसकिएको र साझ सम्ममा अनुसन्धान गरि दाहसंस्कार गर्ने पनि बताउनुभयाे । हात्ति मेची सव डिभिजन क्षेत्रमै घुमफिर गर्ने गरेको र अन्दाजी ६०-६५ बर्षको रहेकाे समेत उहाँले बताउनुभयाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.