झापामा दारा काटिएको अवस्थामा फेला पर्यो मृत हात्ती

शुक्रबार, कार्तिक १४, २०७७, झापा । 

झापाकाे बुद्धशान्ती गाउँपालिका वडा नम्बर ५ को पाँचपोखरी सामुदायिक वनमा दारा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेलापरेकाे छ । ढाडमा गोलिको खत देखिए पनि मृत्युकाे कारण एकीन भइसकेकाे छैन । हात्ती मर्नुकाे कारण अन्य चोट हो वा सिकारीकाे सिकार भएको बारे अनुसन्धान भइरहेकाे रेन्जर कुल प्रसाद भट्टराईले जानकारी दिनुभएकाे छ ।

जंगलमा बाख्रा चराउने क्रममा स्थानिय बाशु पौडेलले देखे पछी खबर गरेका थिए । लगत्तै जिल्ला बन कार्यालयका रेन्जर कुल प्रसाद भट्टराईको टाेली घटनास्थल पुगेकाे थियाे ।

हात्तीकाे शरिरभरी प्रशस्तै घाउ चोट छन । हात्ती आखा नदेख्ने भएकाले आम मानिसले प्रहार गरेका ढुङ्गामुढा लागेका हुनसक्ने अनुमान गरिएकाे छ ।

करिब एक महिना अघि हात्ती गन्हाएको अवस्थामा जंगलमा भेटेपछी असोज २२ गते चितवनबाट आएको टोलिले उपचार गरेको थियाे ।उपचार पछी सामान्य अवस्थामा फर्किने आशा गर्दै १०-११ दिन हात्तीकाे निगरानी गरिए पनि हात्ती मृत भेटिएकाे हाे ।

याे संगै झापामा पछिल्लो २ बर्षमा ३ वटा मरेको डिभिजनल वन कार्यलयका प्रमुख बिष्णुलाल घिमिरेले जानकारी दिनुभयाे । उनका अनुसार जिल्लाबाट पशु चिकित्सक खटाईसकिएको र साझ सम्ममा अनुसन्धान गरि दाहसंस्कार गर्ने पनि बताउनुभयाे । हात्ति मेची सव डिभिजन क्षेत्रमै घुमफिर गर्ने गरेको र अन्दाजी ६०-६५ बर्षको रहेकाे समेत उहाँले बताउनुभयाे ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिष्णु लामिछाने

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: बिष्णु लामिछाने

बिष्णु लामिछाने

आइतवार, बैशाख २८, २०७७ (May 10, 2020, 8:47 am) मा द्वारा प्रदेश नं- १ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै