Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

म राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली

User Photo बुधबार, कार्तिक १९, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।

बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए ।

‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

केहीले (अविश्वासको प्रस्ताव (?) ) को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।

केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट (आफूलाई प्रधानमन्त्रीबाट हटाउने) धेरै कोशिस भएको उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.