Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

पौडेलको गिरफ्तारी: कम्युनिष्ट सरकारको बिदाइको शुरूवात

User Photo बुधबार, मंसिर १७, २०७७
काठमाण्डाै ।

नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी र दुर्व्यवहारले कम्युनिष्ट सरकारको पतनको संकेत गरेको बताएका छन।

उनले भने, “कम्युनिष्ट पार्टीले काङ्ग्रेसका एक सन्त नेतालाई गिरफ्तार गरेर आफ्नो बिदाईको शुरूवातको संकेत गरेको छ”।

प्रबक्ता शर्माले सरकारको यो कदम बिरुद्ध काङ्ग्रेसले देशब्यापी रुपमा बिरोध गर्ने समेत चेतावनी दिएका छन्।

‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको भन्दै शर्माले सरकारको कदमको भत्सर्ना गरेका हुन्।

झापा बुद्धशान्तिमा भएको पार्टी प्रबेश कार्यक्रममा बोल्दै प्रबक्ता शर्माले सरकारको यस्तो तानाशाही शैलीको सत्ता धेरै दिन नटिक्ने चेतावनी समेत दिएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.