Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीकै पक्षमा

User Photo बिहिबार, पुस ९, २०७७
काठमाण्डाै ।

नेकपाका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थन गर्ने भएकाछन । पार्टी प्रचण्ड र प्रधानमन्त्री पक्षमा पार्टी बिभाजन भएपनि गृहमन्त्री र वामदेव गाैतम कुन पक्षमा जाने भन्ने खाेलेका थिएनन ।

बादलले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएकाछन।

उनी निकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।”

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको बीबीसी नेपालीलाई बताएकाे बीबीसीले लेखेकाेछ।

प्रचण्ड पक्षमा लागेका उनले भने, “अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको छ।”

गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि त्यस्तै हल्ला सुनेको बताएका छन।

थापाको सचिवलयले त्यसको पुष्टि गरेको छैन। तर सचिवालयका एकजना सदस्यले नाम नखुलाउने शर्तमा परिस्थिति त्यस्तै बनेको र केहीबेरमा अन्तिम निर्णय लिइने जानकारी दिए।

उनी निकट केसीले भने आफू आज प्रचण्ड नेतृत्वकै बैठकमा सहभागी हुने बताए। केसीले भने, “पार्टी एक नहुँदै फुटेकाले साथीहरूका आआफ्नै विरासत छन्, त्यसैले स्वाभाविक रूपमा म पनि त्यसकै पक्षमा छु। म आज प्रचण्ड नेतृत्वको बैठकमा जान्छु।”

थापानिकट नेताहरू स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसकेका छन्।

तर अर्का नेता उपाध्यक्ष वामदेव गौतम कतै लागेका छैनन्। उनीनिकट धेरै नेता भने ओली पक्षमा लागेको बताइएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.