Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

विप्लव समूहका काठमाडौं सेक्रेटरी सहित तीन जना नेता पक्राउ

User Photo बिहिबार, पुस २३, २०७७
काठमाण्डाै ।

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन जना नेतालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन् ।

प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको भनिएको छ ।

काठमाडौं प्रहरीका डीएसपी प्रमिश विष्टका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.