Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

अदालतको निर्णय कांग्रेसले मान्छ, प्रचण्डहरु पनि चुनावमा भाग लिन्छन्- देउवा

User Photo शनिबार, पुस २५, २०७७
काठमाण्डाै ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधान विरोधी कदम भए पनि मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने बताएकाछन ।

संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो ।’

तर अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’

अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।

धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’

तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए । उनले भने, ‘त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’

तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास व्यक्त गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.