Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

User Photo आइतवार, पुस २६, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपीशर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दैछन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन। फुयालका अनुसार सम्भावित कार्यसूचीभन्दा पछाडि सम्बोधन गर्ने कार्यक्रम तय भएकाले कार्यसूचीमा सम्बोधन गर्ने उल्लेख नभएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि सांसदहरुले असंवैधानिक कदम भन्दै विरोध जनाइरहेका छन्। प्रधानमन्त्रीको कदमको विरोध भइरहेको समयमा ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीको सम्बोधनपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ। सरकार हिउँदे अधिवेशन लम्ब्याउने पक्षमा छैन।

संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै विभिन्न राजनीतिक दलहरु विरोधका कार्यक्रम घोषणा गरी आन्दोलित भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल समूह, राष्ट्रिय जनता पार्टी (जसपा) लगायत दलहरुले विरोध गरिरहेका छन्। प्रधानमन्त्री ओलीले भने प्रतिनिधिसभा कुनै पनि हालमा पुन:स्थापना नहुने बताउँदै आएका छन्।

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल समूहले गरेको छ। अहिले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासको सुनुवाइमा छ भने नेकपा विभाजनको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.