Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारनेहरूले कस्तो न्याय दिनुभयो होला ?- प्रधानमन्त्री ओली

User Photo आइतवार, पुस २६, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुको आलोचना गरेका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेको बताए । पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै उनले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । उनले अघि भने, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?’

‘एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झिएर फैसला गर्नुस् भनेको भन्दै उनले भने, ‘अराजकताको पनि हद हुन्छ नि ?’

बुद्धिजिवी भन्नेले पनि राजनीतिक पक्षधरता देखाएको प्रधानमन्त्री ओलीको आरोप छ । न्यायालयलाई दबावमा पार्न खोजिएको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, न्यायालय दबावमा पर्न हुन्न । सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.