Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

बदलिँदै सवारीको ‘ट्रायल’ : ६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव

User Photo मङ्लबार, पुस २८, २०७७
काठमाण्डाै ।

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । अब प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

अहिले प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा सतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ । हाल प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेकाले अब उत्तीर्णाङ्क तोकेर परीक्षा लिने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए

‘धेरैले सडकमा चलाउन नजान्ने भएपनि पनि ड्राइभिङ सेन्टरमा पाँच दिन सिक्दा सजिलै ट्रायल पास गर्छन्, तर सडकमा गज्जबले सवारी चलाउन सक्नेले ट्रायल सेन्टरमा पुगेर परीक्षा पास गर्न सक्दैनन्,’ मन्त्रालयका ती अधिकारी भन्छन्,’यसरी एउटा गल्ती भएकै आधारमा ट्रयालमा फेल गर्नु जायज हुन्न भन्ने हाम्रो निष्कर्ष हो ।’

अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ । अब फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

यो व्यवस्थापछि नक्कली लाइसेन्स लिने र घुस दिएर सवारी चालक अनुमतिपत्र निकाल्ने प्रवृत्तिमा पनि कमी आउने मन्त्रालयको दावी छ । ‘३ पटकसम्म ट्रायल पास गर्न नसकेपछि चालकहरु सिधै बिचौलियाकोमा पैसा बोकेर पुग्छन्,’ मन्त्रालय स्रोत भन्छ,’यातायात कार्यालयकाम कतिय कर्मच्ारीबाट अवैध रुपमा लाइसेन्स निकाल्दिने धन्दा रोक्न सकिएको छैन, त्यसैले ट्रायल परीक्षालाई व्यवहारिक बनाउन खोजेका हौं ।’

यसले अदक्ष चालकहरुले लाइसेन्स पाउने सम्भावना हुँदैन ? मन्त्रालयका अधिकारी भन्छन्,’घुस लिएर चलाउनै नजान्नेले पनि लाइसेन्स लिइरहेका छन्, तिनिहरुसँग भन्दा ६० प्रतिशत अंक ल्याएर पास गर्नेहरु धेरै दक्ष हुन्छन् ।’

यस्तो व्यवस्थापछि ट्रायल पास गर्न नसक्ने भन्दै आत्मविश्वास गुमाएका चालकहरु पनि अवैध बाटोबाट लाइसेन्स निकाल्न नजाने सरकारी दावी छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.