Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

प्रचण्ड- माधवले अनैतिक काम गरे, संसद बिघटन भयाे- बामदेव गौतम

User Photo बिहिबार, माघ १, २०७७
काठमाण्डाै ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले प्रष्ट दुइ समुहमा छुट्टीएकाे छ तर उपाध्यक्ष बामदेव गौतम कुनै समुहमा छैनन । पार्टी एकतालाई नै आफ्नाे एजेण्डा बनाएर छुट्टै समुह घाेषणा गरिसकेकाछन । यहि क्रममाले उनले पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर गल्ती गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेकाे निश्कर्ष सुनाएका छन ।

पार्टीको प्रथम अध्यक्षलाई जानकारी नै नदिएर प्रचण्ड र माधवले अबिश्वासको प्रस्ताव लगेकोले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको तथ्यलाई कसैले छोप्न नसक्ने पनि उपाध्यक्ष गौतमले बताएका छन ।

पत्रकार भुषण दाहालसँगको अन्तर्वार्तामा नेता गौतमले माधव नेपाल र प्रचण्ड सात महिना अघि देखि नै प्रधानमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव लैजाने गृहकार्यमा रहेको र असफल भएपछि जानकारी नै नदिएर प्रधानमन्त्रीबिरुद्ध संसदमै अबिश्वासको प्रस्ताव लगेर अनैतिक काम गरेकाे बताएका हुन ।

‘अबिश्वासको प्रस्ताव प्रचण्ड र माधव नेपालले नलगेको भए प्रतिनिधिसभा बिघटन नहुने तर उनीहरूकाे अबिश्वासको प्रस्ताव लगेकाे केपीका सूचना संयन्त्रहरुका कारण थाह पाएर दर्ता गर्नुभन्दा पहिला नै कदम चालिएकाे हाे ।’ उनले भने ।

यो तथ्य हो, गौतमले भने, ‘पार्टी अध्यक्षबाट नहटाइकन प्रधानमन्त्रीबाट हटाउन अबिश्वासको प्रस्ताव राख्न मिल्दैन, यो अनैतिक काम हुन्छ, प्रचण्ड माधवले त्यही अनैतिक काम गरे ।’

नेता गौतमले नेकपा बिभाजन भइसके पनि बिभाजनको औचित्य भने कसैलेपुष्टि गर्न नसक्ने ठोकुवा गरे । अबिश्वासको प्रस्ताव लैजानुअघि पार्टीकोनिर्णय अनिवार्य हुनुपर्नेमा प्रचण्ड र माधवले त्यो काम पनि नगरेको र कुनै पनि कमिटीबाट प्रधानमन्त्रीलाई राजीनामा दिने निर्णय नभएको बताए । संसदमा अबिश्वासको प्रस्तावअघि संसदीय दलमा जानुपर्ने काम पनि प्रचण्ड र माधवबाट नभइ हठात अबिश्वासको प्रस्ताव लगेको गौतमले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.