Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर माथि आक्रमण

User Photo मङ्लबार, माघ ६, २०७७
काठमाण्डाै ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । दासले भने, ‘मिस कम्युनिकेसनका कारण यहाँ ठूलो हातपात भयो ।’

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँछन् । उनको अनुसार ति बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो ।

‘बुटवलमा गरिएको पीसीआर नेगेटिभ देखाएको रिपोर्ट हेरेपछि हामीले इन्फ्लुएञ्जाको मात्रै शंका गरेर परीक्षण गर्न टेकु पठाएका थियौं,’ डाक्टर दासले भने, ‘टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेछ, त्यो बेला पीसीआर पोजेटिभ आएको हामीलाई फोन मार्फत जानकारी आयो।’

पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको डाक्टर दास बताउँछन् । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेको दास बताउछन् ।

‘हामीले इन्फ्लुएञ्जाको मात्र रिपोर्ट दिएर किन पीसीआरको रिपोर्ट नदिएको भनेर ल्याबलाई प्रश्न गर्दा पीसीआर जाँचको शुल्क दिएको छैन भन्ने जानकारी आयो,’ डाक्टर दासले भने, ‘तर मृततका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरे।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.