Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

चार पूर्वप्रधान्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर

User Photo बुधबार, माघ १४, २०७७
काठमाण्डाै ।

संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् । मुद्दाको पेशी यही माघ १५ गते तोकिएको छ ।

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै रिट निवेदकले उनीहरुविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायँ माग गरेका छन् ।

अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था छ ।

पूर्वप्रधान्यायाधीशहरु रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले २४ पुसमा संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.