भारतकाे बिहार राज्यको चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाकाे सामूहिक बलात्कार पछी हत्या भएकाे छ। पुलिसको सहयोगमा पीडितको मृत शरीरको दाहसंस्कार गरिएको बीबीसी समाचारले जनाएको छ।
प्रारम्भिक अनुसन्धान र केससँग सम्बन्धित एउटा भाइरल अडियोका अनुसार स्थानीय पुलिस स्टेशनका प्रमुख उक्त घटनामा संलग्न भएको बुझिएकाे छ ।
एसएसपी नवीनचन्द्र झाको भनाइ उद्धृत गर्दै बीबीसीले यस मुद्दामा संलग्न रहेको अधिकारीलाई निलम्बन गरिएको र उनको विरुद्ध एफआईआर दर्ता गर्ने बताएकाछन।
पीडितका बुबा सुरेश बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका स्थानीय निवासी हुन्। उनका अनुसार, यो घटना जनवरी २१ को हो। सुरेश विगत सात बर्षदेखि बिहारमा श्रमिकको रूपमा काम गरिरहेका छन्।
पीडितको बुबाले दिएको उजुरी अनुसार बलात्कार र हत्यामा संलग्नले पीडितको शवलाई तुरुन्तै दाहसंस्कार गर्ने धम्की दिए। उनीहरूले उनलाई कागजमा हस्ताक्षर गर्न जबरजस्ती गरे र उनलाई नेपाल फिर्ता हुन बाध्य तुल्याएका थिए।
११ जना घटनामा संलग्न भएको आरोप लगाइएको छ भने प्रहरीले यस घटनामा संलग्न दुईलाई पक्राउ गरिसकेको छ र थप अनुसन्धान भैरहेको छ।
