Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

भुमिहिन दलित भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासिलाई लम्की चुहाको सुचना

User Photo बुधबार, माघ २८, २०७७
लम्की कैलाली ।

कैलालीको लम्कि चुहा नगरपालिका क्षेत्रभित्र बसोबास तथा जग्गा आवाद कमोत गरि रहनु भएका भुमिहिन दलित भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोबासिहरु लाई आवास वा कृषि प्रयोजनको लागि जग्गा उपलब्ध गराउने कार्य अन्तर्गत लम्की चुहा नगरपालिकाले आवश्यक पर्ने कागजात तयारी गर्न अनुरोध गरेको छ । भुमिहिन दलित भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोबासि लम्की चुहा अधिकृत बिरेन्द्र शाहीले सुचनामा भने अनुसार कागजात तयारी अवस्थामा राख्न अनुरोध गर्नु भयो ।

सुचनामा यस्तो भनिएको छ ।

भुमि सम्बन्धि समस्या समाधान आयोग बाट मिति २०७७/१०/९ गते प्रकाशित ३५ दिने सूचना अनुसार यस् लम्कि चुहा नगरपालिका क्षेत्रभित्र बसोबास तथा जग्गा आवाद कमोत गरि रहनु भएका भुमिहिन दलित भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोबासिहरु लाई आवास वा कृषि प्रयोजनको लागि जग्गा उपलब्ध गराउने आवेदन फाराम लिई तपाईं हरुको घरदैलोमा तथ्यांक संकलन टाेलि आउने हुँदा लागत संकलनको लागि तपशिल बमोजिमका कागजात हरु तयारी अवस्थामा राख्नु हुन अनुरोध छ ।

सो कार्यका लागि खटिई आउनु भएका तथ्यांक संकलन बाट माग गरिएका विवरण र कागजात समयमै उपलब्ध गराई आवेदन फाराम भर्ने कार्यमा सहयोग गरिदिन हुन नगरपालिका सम्बन्धि सबै नागरिकहरुमा अनुरोध गर्द्छ । समयमै आवेदन फाराम नभर्ने माग गरिएका कागजात र विवरण उपलब्ध नगराएका कारण नियमानुसार जग्गा प्राप्त नभएमा त्यसको जिम्मेवारी सम्बन्धि व्यक्ति हुने व्यहोरा सम्बन्धि सबैमा जानकारी लागि अनुरोध छ । साथै झुठा विवरण दिई आवेदन फाराम भरेमा नियमानुसार कारबाही हुने व्यवस्था भएको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।

अव्यवस्थित बसोबासको लागि आवश्यक कागजात

१. परिवारमुलि र नागरिकता प्राप्त परिवारका अन्य सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र नागरिकता प्राप्त नभएका अन्य सदस्यको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी ।

२. आफु र परिवारका सदस्यको नाममा नेपाल राज्यभर रहेको सबै जग्गाको पुर्जाको प्रतिलिपी र सम्बन्धि स्थानीय तहले सम्पत्तिकर प्रयोजनको लागि निर्धारण गरेको मुल्यांकन सम्बन्धि स्थानीय तहको सिफारिस पत्र ।

३. उपभोग प्रमाण सम्बन्धि कागजातको प्रतिलिपी ( विदयुत/ पानीको महसुस तिरेको रसिद , स्थानीय तहले दिएको प्रमाण , घरसारको कागज , भोगचलन गर्न दिएको प्रमाण , घरको नक्सापासको प्रतिलिपी , बहाल बिटौरि शुल्क तिरेको रसिद अन्य आदि )

४. परिवारमुलि र परिवारमुलि पति / पत्निको हालसालै खिचेको ३/३ प्रति पासपोर्ट साइजको फोटाे ।

५. उपलब्ध अन्य प्रमाणहरु भएमा ।

भुमिहिन दलित र भुमिहिन सुकुम्बासीको लागि आवश्यक कागजात
अव्यवस्थित बसोबासको लागि आवश्यक कागजात

१. परिवारमुलि र नागरिकता प्राप्त परिवारका अन्य सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र नागरिकता प्राप्त नभएका अन्य सदस्यको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी ।

२. उपभोग प्रमाण सम्बन्धि कागजातको प्रतिलिपी ( विदयुत/ पानीको महसुस तिरेको रसिद , स्थानीय तहले दिएको प्रमाण , घरसारको कागज , भोगचलन गर्न दिएको प्रमाण , घरको नक्सापासको प्रतिलिपी , बहाल बिटौरि शुल्क तिरेको रसिद अन्य आदि )

३. परिवारमुलि र परिवारमुलि पति / पत्निको हालसालै खिचेको ३/३ प्रति पासपोर्ट साइजको फोटाे ।

४. उपलब्ध अन्य प्रमाणहरु भएमा ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.