Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

बालकल्याण मावि, भुरुवामा विभिन्न क्लबहरुको पुनर्गठन 

User Photo शुक्रबार, फाल्गुन ७, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा आज विभिन्न क्लबहरुको पुनर्गठन गरिएको छ ।

शुक्रबार स्तरीय कार्यक्रम अन्तर्गत आज भएको कार्यक्रममा विद्यालयमा युवा रेडक्रस सर्कल, सिर्जनशील बाल क्लब , इको क्लब र रोज बहिनी किशोरी क्लबको पुनर्गठन गरिएको हो ।

कार्यक्रममा हितेश दुब्राकोटीको अध्यक्षतामा १३ सदस्यीय युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ । सर्कलको उपाध्यक्षमा दिनेश नेपाली, सचीवमा चन्द्रा खतिवडा, कोषाध्यक्षमा सन्ध्या चौधरी र सहसचिवमा सृजना बटाला रहेका छन ।

कार्यक्रममा प्रकाश ढकालको अध्यक्षतामा २१ सदस्यीय सिर्जनशील बाल क्लबको पुनर्गठन गरिएको छ । क्लबको उपाध्यक्षमा सागर नेपाली, सचीवमा तनिसा रावल, कोषाध्यक्षमा काजल बिक र सहसचिवमा दिपिन गिरी रहेका छ्न ।

त्यसैगरी कार्यक्रममा बलबहादुर भुलको अध्यक्षतामा १७ सदस्यीय वातावरण ( इको क्लब ) को पुनर्गठन गरिएको छ । इको क्लबको उपाध्यक्षमा गोपाल बिक, सचीवमा पार्बती न्यौपाने, कोषाध्यक्षमा मदन नेपाली र सहसचिवमा वर्षा ओली रहेका छन ।

कार्यक्रममा पुजा जैशीको अध्यक्षतामा १३ सदस्यीय रोज बहिनी किशोरी क्लब को समेत पुनर्गठन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ । क्लबको उपाध्यक्षमा निर्मला बिक, सचीवमा दुर्गा चौधरी, कोषाध्यक्षमा कल्पना बिक र सहसचिवमा रितिका रावल रहेका छन ।

बालकल्याण माविका अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश बिकको सभापतित्वमा भएको क्लब पुनर्गठन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपलाल जैशी, सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.