Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

प्रदेश इन्चार्ज भीम रावल कि लेखराज भन्ने विवाद हुँदा सुदुरपश्चिममा एमाले कार्यक्रता बिच झडप

User Photo बुधबार, फाल्गुन २६, २०७७
काठमाण्डाै ।

सुदुर पश्चिम प्रदेश इन्चार्ज भीम रावल कि लेखराज भन्ने विवाद हुदा सुदुरपश्चिममा एमाले कार्यक्रता बिच झडप भएकाे छ । प्रदेश पार्टी कार्यालयमा एमालेका भट्ट समर्थक र रावल समर्थक बिच कुटाकुट भएको हो ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि रावल समर्थक कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए ।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।

झडपकाे कारण

नेकपाको सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा एमालेको साइन बोर्ड राखियो। पार्टी ब्युँतिएपछि एमालेले सुदूरपश्चिममा पनि गाउँ तथा नगर, जिल्ला र प्रदेश कार्यालयको साइन बोर्ड फेरिरहेको हो।

तर धनगढीमा एमालेको प्रदेश कार्यालयमा साइन बोर्डसँगै पार्टीका इन्चार्जको नेम प्लेट समेत फेरिएपछि नेता कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ।

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षीय नेता कार्यकर्ताबीच ‘भनाभन मात्र नभएर हात हालाहाल भयो’ भने पार्टीको प्रदेश इन्चार्ज लेखराज भट्टको नेम प्लेट अर्को समूहले निकाल्ने प्रयास गर्‍यो।

सोही क्रममा ओली समूहले प्रतिवाद गर्दा दोहोरो झडप हुन पुगेको छ। झडपका क्रममा दुवै समूहका केही नेता कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ। अहिले पार्टी कार्यालयलाई प्रहरीले दिइरहेको छ।

ओली सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका लेखराज भट्ट पूर्व माओवादी केन्द्रका नेता हुन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास मात्र मानिने भट्ट माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश संयोजक थिए।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि भट्ट प्रचण्डसँग टाढिदै गएका थिए। प्रचण्डले धनगढीमा आयोजित एक कार्यक्रममा भीम रावललाई सुदूरपश्चिम नेता तपाईँ नै हो भनेर दिएको अभिव्यक्तिपछि उनी टाढिएको बताइएपनि खास कारण त्यो नै हो वा अन्य केही त्यो स्पष्ट भइसकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने बेला पनि भट्टले उनलाई साथ दिए। ओलीले संगठन विस्तारका क्रममा नेकपा सुदूरपश्चिम इन्चार्ज भट्टलाई नै तोके। उनी पार्टी ब्युँतिन पूर्व नेकपाका सुदूरपश्चिम प्रदेशको इन्चार्जमा थिए।तर अदालतबाट एमाले र माओवादी ब्युँतिएपछि पनि बुधबार मात्र भट्टले प्रतिक्रिया दिदै आफू माओवादी केन्द्रमा फर्किने सम्भावना न्यून रहेको बताइसकेका छन्।

यद्यपि सो सन्दर्भमा आफू अहिले पनि छलफलकै क्रममा रहेको उनले बताएका छन्। उनी ओलीतिरै रहेमा नेकपा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाउने सम्भावना प्रबल रहेको स्रोत बताउँछ।

तर अहिले नै भने भट्टलाई एमालेले इन्चार्जको जिम्मेवारी दिइसकेको छैन।

‘पार्टी विभाजन हुने बेला भट्ट नै हाम्रो सुदूरपश्चिम इन्चार्ज हुनुहुन्थ्यो,’ एमालेको ओली समूहका एक नेताले दिनेशखबरसँग भने, ‘अहिले पनि उहाँ नेकपा एमालेमै हुनुहुन्छ। अबको सुदूरपश्चिम इन्चार्ज पनि उहाँ नै रहनुहुनेछ।’

लेखराज भट्टले एमालेको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पाएमा भीम रावलको जिम्मेवारी खोसिने ती नेता बताउँछन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.