Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डो द्वारा पेलेकाे कीर्तिमान भङ्ग, पेलेले दिए बधाई

User Photo सोमवार, चैत्र २, २०७७
काठमाण्डाै ।

आधिकारिक खेलहरुमा सर्वाधिक गोलको आफ्नो कीर्तिमान भंग गरेपछि ब्राजिलका महान् खेलाडी पेलेले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । इटालियन सिरिए ए अन्तरगतको खेलमा काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले सो कीर्तिमान भङ्ग गरेका हुन् ।

आइतबार भएको खेलको शुरुवाती ३२ मिनेटमा तीन गोल गर्दै रोनाल्डोले आफ्नो करियरको कूल गोलसंख्या ७७० पुर्याए । यो पेलेको ७६७ गोलभन्दा ३ गोलले बढी हो ।

खेलपछि पेलेले सामाजिक सञ्जाल इन्सटाग्राममा पोष्ट गर्दै रोनाल्डोको प्रशंसासहित आफ्नो कीर्तिमान भंग गरेकोमा बधाइ दिए । पेलेले बधाइ दिएपछि रोनाल्डोले पनि इन्सटाग्राममा पेलेको प्रशंसा गर्दै पहिलो पटक कीर्तिमानबारे मुख खेलेका छन् ।

यद्यपि, पेलेको यो कीर्तिमान पनि विवादमा रहेको छ । चेक फुटबल एशोसिएसनले अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानले ८२१ गोल गरेको दाबी गर्दै आएको छ । यद्यपि, रेक.स्पोर्ट.सकर.स्टाटेस्टिक फाउन्डेसनको रेकर्ड अनुसार बिकानले ८०५ गोल गरेका थिए । तर, यसमध्ये २७ गोल र्यापिड भियानाको रिजर्भ र एमेचुअर टोलीका लागि र अन्य थप केही गोल आधिकारिक नमानिएका अन्तर्राष्ट्रिय खेलहरुमा गोल गरेका थिए । त्यसैले उनको आधिकारिक गोल संख्या ७५९ गोल मानिएको छ ।

जीतसँगै लिगको तेस्रो स्थानमा रहेको युभेन्टसले शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.