Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका दुर्गाप्रसाद स्वदेश आइपुगे

User Photo आइतवार, चैत्र ८, २०७७
काठमाण्डाै ।

भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) आइतबार बिहानै स्वदेश आइपुगेका छन्।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा शनिबार छुटेका दुर्गाप्रसाद नेपाल आइपुगेका हुन्। उनलाई आजै झापामा पत्रकार सम्मेलन गरेर परिवारको जिम्मा लगाईने छ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश अनुसार शनिबार छुटेका हुन्।

शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो। त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र् रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए।

अदालतले उनको मानसिक अवस्था ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.