Naya Media
आइतवार, असार १४, २०८३
| | June 28, 2026
आइतवार, असार १४, २०८३

नेपालबाट निर्यात हुने बस्तु पनि स्वदेशीभन्दा विदेशी बढी

User Photo मङ्लबार, चैत्र १०, २०७७
काठमाण्डाै ।

सरकारले वैदेशिक व्यापारघाटा कम गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति लिएको छ । सोहीअनुसार केही वर्षयता आयातमा कमी र निर्यातमा झीनो सुधार हुँदै गएको देखिएको छ । तर, निर्यातमा देखिएको सुधारमा स्वदेशीभन्दा विदेशी वस्तुकै योगदान बढी देखिन्छ ।

निर्यात प्रवर्द्धन नीतिअनुसार तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आयात रोक्न करमा व्यापक वृद्धि गर्ने, निर्यातयोग्य वस्तुको कच्चा पदार्थको आयातमा भन्सार छूट दिनेजस्ता व्यवस्था गरे । त्यसयता वर्तमान सरकारले तीनओटा बजेट ल्याइसकेको छ भने चौथो बजेट निर्माणको तयारीमा जुटेको छ । तर, अहिलेसम्म नेपाली वस्तु निर्यातका लागि उत्पादनकै वातावरण बन्न सकेको छैन । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न नसकेकै कारण निर्यात वृद्धिमा विदेशी उत्पादनमै भर पर्नु परेको छ ।

भारतीय बजारमा माग पनि भएको र निर्यात गर्न पनि सहज भएपछि नेपाली व्यवसायीहरूले इन्डोनेशिया, थाइल्यान्ड र मलेशियालगायत मुलुकबाट कच्चा पाम आयात गरेर प्रशोधन गरी भारत निकासी गर्ने गरेका थिए । भारतले तीती देशबाट पाम तेल आयातमा लगाएको प्रतिबन्धको फाइदा उठाएर नेपाली व्यवसायीहरूले कच्चा पाम आयात गरी प्रशोधन गरी निर्यात ह्वात्तै बढाएका थिए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.