Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

बादी समुदायको बर्तमान अवस्था र उत्थान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

User Photo बिहिबार, चैत्र १२, २०७७
लम्की,कैलाली ।

बादी समुदायको सामाजिक सास्कृतिक आर्थिक अवस्था र आगामी बाटोको विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कैलालीको लम्कीमा जन प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,एस नेपालका प्रतिनिधि, सहकारी सस्थाका प्रतिनिधि, बादी समुदायका अगुवा बिच बादी समुदायको आर्थिक,सामाजिक, शैक्षिक, रोजगारीमुलक कुराहरुका विषयमा बृहत छलफल भएको हो ।

लम्की चुहा ३ को बल्चौरमा रहेको बादी बस्तिमा १४८ घर धुरी रहेका छ्न ।

कार्यक्रममा सहभागी बादी समुदायले आफुहरुको बर्तमान अवस्था आगामी दिनका आवश्यकता समुदाय हितका लागि सरकारले खेल्नु पर्ने भुमिका विषयमा बोलेका थिए । कार्यक्रममा लम्की चुहा ३ का अध्यक्ष भक्त चलाउनेले स्थानीय सरकारको पहलमा बस्तिमा ४५ घर बनाएको बताउनु भयो र आगामी उत्थानका कार्यक्रम ल्याउने बताउनु भयो ।

साना किसान सहकारीकि प्रबन्धक माया शाहले बस्तिका १४८ घर परिवार मध्य १२१ घर परिवारलाई साना किसानको सेयर सदस्य बनाएको बताउनु भयो । अन्यको नागरिकता नभएका कारण सदस्य बनाउन नसकेको बताउदै निकट भविष्यमा संस्था सङ्ग जोडने बताउनु भयो । समुदायलाई इच्छा र चाहना अनुसार स्तरिकरण गरि स्वरोजगार बनाउन स्थानिय सरकारले भुमिका खेल्नु पर्ने बताउनु भयो ।

शक्तिकरणका क्षेत्रमा युवाहरु (एस) नेपालले वित्तिय पहुच भन्दा बाहिर रहेको बादी समुदायलाई वित्तिय पहुच सम्म जोडने उद्धेश्यले विगत ३ वर्षदेखी संस्थाले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर स्थित बादी समुदाय र कैलालीको धनगढीमा रहेको धुर्जन्ना मुक्त कमैया सिबिरको जिवनस्तर उकास्नका लागि विभिन्न सिपमुलक तालिम तथा अनुदान दिदै आएको छ ।

संस्थाले विगत लामो समयदेखी सामाजिक तथा आर्थिक अधिकार उत्थानका लागि काम गर्दै आएको एस नेपाल परियोजनाका  कार्यकारी प्रमुख दिपिका बोहराले जानकारी दिनुभयो । युरेपेली युनियनको आर्थिक सहयोग र इको कोअपरेसनको सहकार्यमा सिमान्तकृत समुदायका लागि सिलाई–कटाई, मोबाइल मर्मत, बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती लगाएतका तालिम संचालित गर्दै आइरहेको एस नेपालका कार्यक्रम संयोजक नित्यनन्द जोशिले बताउनु भयो ।

कार्यक्रममा एस नेपालकी कार्यकारी प्रमुख दिपिका बोहरा,लम्की चुहा ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने,नेकपा एमालेका विश्वेश्वरप्रसाद उपाध्याय,नेकपा माओबादिका लाल बहादुर कुमाल,नेपाली कांग्रेसका राम बहादुर विष्ट,साना किसान सहकारीकि माया शाह,पत्रकार लिला जङ्ग शाही,धनराज अबिरल लगायत सरोकार वाला करिव ३० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार मनमोहन स्वारले गर्नु भएको थियो ।

बादी ससमुदाय वा बादी जाती नेपालमा बसोवास गर्ने खस समुदाय को एक हागा हो । अल्पसंख्यकको रूपमा चिनिने बादी समुदाय नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा २३ हजारको संख्यामा बसोबास गर्दै आएको तथ्याङ्कमा पाइएको छ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.