Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

राप्रपा नेताहरुको भेलामा एमाले प्रवेश गरेका पूर्वसभामुख सहभागी

User Photo बिहिबार, चैत्र १९, २०७७
काठमाण्डाै ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा सही नेतृत्व चयन गरिनुपर्ने भन्दै राप्रपाभित्र आन्तरिक छलफल, भेला तथा बैठक तीव्र बन्दै गएको छ । वैशाख २५ देखि २८ सम्म महाधिवेशन तोकिएको अवस्थामा पार्टीलाई गतिदिन युवा पुस्तालाई अघि सानुपर्ने मत राप्रपामा बलियो छ ।

यही विषयमा राप्रपाका एक समूहको सुनसरीको इटहरीमा भेला भएको छ । सो भेलामा एमाले प्रवेश गरेका पूर्व सभामुख गंगा यादव पनि सहभागी भएका छन् । भेलामा यादवको सहभागिता रहेको राप्रपा नेता दिलनाथ गिरीले पुष्टि गरे ।

‘उहाँ अहिले हाम्रो पार्टीमा हुनुहुन्न तर सही नेतृत्व र गतिदिने गरी वातावरण बन्छ भने म पार्टीमा फर्किन तयार छु भनेर बैठकमा आएर भन्नु भएको छ’। प्रतिनिधिसभा निर्वाचन अघि यादव अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल लगायतले बालकोटमा आयोजित कार्यक्रममार्फत पार्टीमा स्वागत गरेका थिए ।

इटहरी भेलामा नेता गिरीसहित रामकुमार सुब्बा, प्रह्लाद शाह, केदार कोइराला, स्पर्श कार्की, टंक दाहाल, भीम श्रेष्ठ, जयबहादुर श्रेष्ठलगायत सहभागी रहेका थिए ।

उनीहरुले पार्टीका अध्यक्षत्रयबाट एक जना अबको महाधिवेशनबाट सर्वसम्मतका साथै पार्टीलाई पनि गति दिनसक्ने ग्यारेन्टी हुन सके स्वीकार गरिने नत्र युवा वा दोस्रो पुस्ताबाट नेतृत्व चयन गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।

नेता गिरीले देशव्यापी रुपमा नेता कार्यकर्ताको अपेक्षा पनि त्यही रहेको भन्दै यसका सबै पक्षसँग थप छलफल गरेर अघि बढिने पनि बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.