Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने

User Photo शुक्रबार, चैत्र २०, २०७७
काठमाण्डाै ।

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा गएकाे सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रङ्गशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैया पुरस्कार दिने घोषणा गरिसकेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.