Naya Media
मङ्लबार, बैशाख ८, २०८३
| | April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

वातावरण संरक्षण समाजले गर्यो चुहा बजार सरसफाई

User Photo शुक्रबार, चैत्र २७, २०७७
लम्की,कैलाली ।

“प्राकृति सौर्न्दर्य नै हाम्रो अभियान,
वातावरण मैत्रीपूर्ण समाज हाम्रो पहिचान”
मुल नाराका साथ वातावरण संरक्षण समाज लम्किले चुहा बजार सरसफाई गरेको छ । विभिन्न समाजिक काम गर्दै आईरहेको संस्थाले लम्की चुहा १० मा सरसफाई कार्यक्रम आयोजना गरेर बजार तथा राजमार्ग सरसफाइ गरेको अध्यक्ष प्रविण आचार्यले जानकारी दिनु भयो ।
सरसफाइ कार्यक्रममा सेति भीजन एकेडमी, गोल्डेन बड इंलिस स्कूल र राष्ट्रीय नव जागृत माध्यमिक विद्यालय हिरापुर चुहाका विद्यार्थी सहभागी भएका थिए ।
सरसफाई कार्यक्रम पछि आफ्नो प्रतिक्रिया राख्दै चुहा बजार व्यावस्थापन समितिका अध्यक्ष लोक देउवाले सरसफाइ नभए एक दिन हरेक बजार हरु प्रदुषित हुने भएकाले आफू बस्ने ठाउँ मानिस आफैले सरसफाइ गर्नु पर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष आचार्यले स्वच्छ बाताबरण लाई प्रदुषित मानिसले गरेकाले अब सरसफाइ पनि मानिसले नै गर्नु पर्ने बताउनु भयो । निकट भविष्यमै महिनाको एक दिन बजार सरसफाइ गर्ने आफुहरुको योजना रहेको बताउनु भयो ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.