Naya Media
मङ्लबार, भदौ ९, २०८३
| | August 25, 2026
मङ्लबार, भदौ ९, २०८३

‘प्रधानमन्त्री ओलीका कामहरू देखेर जल्नु पर्दैन, बरु सिक्नुपर्छ’

मङ्लबार, बैशाख १४, २०७८
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा   भगवान होइनन । जसरी उनका बिरोधीहरु लागि परेर अहोरात्र उनलाई भगवान होइनन भन्ने पुष्टि गर्न दिनरात तल्लिन छन, त्यो निरर्थक छ । ओली भगवान हुँदै होइनन । नभएको कुरालाई होइन भन्न र प्रमाणित गर्न मुटु चुँडिने गरी बल लगाउनु पर्दैन।

ओली भर्खर मृत्‍युलाई जितेर एक दिन पनि आराम नगरि फेरी काममै लागिपरेका छन, त्यो देखेर जल्नु पर्दैन । बरु सिक्नुपर्छ कि हार तब हुन्छ जब मानसिकताले हार्छ । केपी ओली मानसिक कायर होइनन, उनीमा अरुभन्दा उच्च र फरक हुन सक्नुको गौरब अवश्य छ, त्यतिको बलियो आत्मबल भएको मान्छेले, मृत्‍यु देखेर पनि जितेर आएको मान्छेले जुन सकृयता देखाइरहेको छ, त्यसबाट आलाकाँचा ठिटाहरुले धेरै सिक्नुपर्छ । कमिकमजोरी सबैमा हुन्छन तर ओलीको ठाउँमा अहिले अर्को कुनै माइकललाल हुन्थ्यो भने पनि उनको जतिकै द्रिढतापूर्वक र हरेक हिसाबले बिकसित मुलुकको नेतृत्व जत्तिको सकृयता देखाउन सक्दैनथ्यो । जे भइरहेको छ, त्यो पर्याप्त छैन होला, तर प्रयास प्रशसनिय छ, हाम्रा प्रधानमन्त्री जे गरिरहेका छन, त्यो अर्को कोही कसैले गर्ने भन्दा उच्च तहको छ।

त्यसैले, केपी. ओली अपवाद हुन । सबै प्रधानमन्त्रीले यसरी काम गर्न सक्दैनन् । एकैचोटी भारत, प्रतिपक्ष, घरानिया संचार, कोठे पत्रकार मात्र होइन, आफ्नै पार्टी भित्र चलखेल गर्ने भुरा माछाहरूको टोकाइले पनि उनलाई सास्ती दिन छाडेका छैनन, तर पनि उभिई रहेका छन । काम गरिरहेका छन । नाकाबन्दी विरुद्ध चट्टानी अडान लिनु, संविधान निर्माण गर्ने र लागु गर्ने सवालमा स्वाभीमान सहित स्वविवेकको प्रयोग गर्नु, चीनसित वाणिज्य तथा पारवहन सम्झौता गर्नु र नेपाल विखण्डनका अनेक प्रपञ्चहरुलाई परास्त गर्नु, विकासका अल्पकालीन तथा दीर्घकालीन खाका कोर्दै अगाडि बढ्नु, कालापानी, लिपुलेक, लिम्पयाधुरा लगायत भारत अतिक्रमित नेपाली भूभाग समेटेर नेपाली नक्सा जारी गर्नु जस्ता सबल शासकीय क्षमताका कारण भारतीय शासक ओली नेतृत्वको जनप्रिय सरकारलाई अपदस्त गर्न चाहन्छ ।

यतिबेला देशी र विदेशी प्रतिकूल अवस्थामा पनि विशेषतः भारतीयलगायत वैदेशिक शक्तिका प्रभाव र दवावबाट बचेर मुलुकको शासन व्यवस्था सञ्चालित रहेको छ । नेपाललाई विगतझैँ प्रत्यक्ष वा परोक्ष रुपमा आफ्नो पन्जामा पार्न खोज्ने प्रयत्न असफल भएपछि विशेषतः भारतीय शासक ओली सरकार विरुद्ध आफैँ धामी र आफैँ बोक्सी भएर अहिले अलिव्यग्र भएर लागेको स्पष्ट देखिन्छ । हजार झूटलाई एउटै सत्यले सत्यानाश पार्छ भनेझैँ अहिले जबज र जननेता मदन भण्डारीका योगदानलाई उजागर गर्ने व्यक्तित्वहरु देशव्यापी रुपमा क्रमशः अगाडि आउन थालेका छन भन्ने कुरा सत्तास्वार्थको निम्ति ऐठनमा परेका लोभीपापीहरुले बेलैमा बुझे राम्रो हुन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.